राजनीति

माधव नेपालसँग प्रधानमन्त्रीले भने, ‘प्रचण्डको झुटा आरोपको जवाफ दिने समय छैन’

३० कात्तिक, काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहालका झुटा आरोपका जवाफ नदिने बताएका छन् । बरिष्ठ नेता माधव कुमार नेपालसँग भएको भेटमा प्रधानमन्त्री ओलीले आफूसँग अध्यक्ष दहालका झुटा आरोपका जवाफ दिने समय नभएको बताएका थिए ।
नेकपाको बिबाद उत्कर्शमा पुगेका बेला बरिष्ठ नेता माधव कुमार नेपालसँग भएको भेटमा प्रधानमन्त्री ओलीले अब अध्यक्ष दहालसँग संगै अगाडी बढ्न सकिने समय समाप्त भएको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
दुई घण्टाभन्दा बढी उपाध्यक्ष बामदेब गौतमसँग बालुवाटारमा गोप्य छलफल गरेका प्रधानमन्त्रीले बरिष्ठ नेता नेपालको स्थायी समिति सदस्य भीम रावलसँग सँगै भेट्न आउने प्रस्तावको सचिवालयस्तरको मात्र बैठक भएकोले नल्याउन आग्रह गरेकबा थिए ।
महासचिव बिष्णु पौडेलका साथमा भएको उक्त बरिष्ठ नेता नेपालसँगको भेटमा बरिष्ठ नेता नेपालले मिलेर जान र आगामी मंशिर ३ गतेको सचिवालय बैठकमा छलफल गर्न आग्रह गरेका थिए ।
जाली र महाजालीको आरोपमा उत्रिएका नेकपाका दुई अध्यक्षबीचको बिबाद उत्कर्शमा पुगेका बेला पार्टीका उच्च तहका नेताहरु कोही मिलाउन लागिरहेका छन् भने कोही आफुनो समूहलाई शक्तीसाली बनाउन आफुनो गुटको पक्षमा खुलेर लागेका छन् ।
अध्यक्ष ओलीले पत्र लेखेपछि अध्यक्ष दहालले लिखित रुपमै कडा उत्तर दिएपछि नेकपा अध्यक्षबीचको बिबाद पुटको संघारमा पुगेको छ । फुट हुन्छ कि हुन्न भन्ने अन्तिम टुंगो नभएपनि नेकपाको बिबादले बिश्वब्यापी कोरोना महामारीका कारण पाएको मुलुक र जनताको समस्या अझै बढ्दै गएको छ । नेकपा नेताहरु शंकर पोख्रेललगायतले अध्यक्ष दहालको दस्तावेज फिर्ता लिन आग्रह गरेका छन् । सुर्य थापालगायतले प्रस्ताव फिर्ता नलिए कुनैपनि बैठक बस्न नसक्ने सार्बजनिक रुपमा बताईसकेका छन्।
प्रचण्ड र ओलीबीचको पछिल्लो समयको बिबादपछि शुक्रबार केहीबेर चेलेपछि मंशिर ३ गते बस्ने भनिएको सचिवालय बैठक पनि अनिश्चित भएको छ ।