८ मंसिर, काठमाडौं । सत्त्ताारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले ओलीको अहम्का कारणले मात्रै नेकपा फुट्ने टिप्पणी गरेका छन् । पुर्व अर्थमन्त्री तथा सांसद समेत रहेका पाण्डेले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टीमा संकट उत्पन्न भएको बताएका हुन् ।
नेकपाभित्रको अन्तरद्वन्द्व ओलीको अहम् र मैले भनेपछि जे पनि हुन्छ भन्ने भ्रमकै उपज भएको बताएका थिए । पाण्डेले सजिलो प्रक्रियाबाट अहिले पार्टी विभाजन सम्भव नभएको भन्दै आफूहरु पार्टी एकताको पक्षमा रहेको समेत बताएका छन् ।
उनले अहिलेकै अवस्थामा विभाजन नहुने र यदि विभाजन भयो भने ओलीले ल्याएको अध्यादेशमार्फत हुनसक्ने पाण्डेले बताएका छन् । सरकार ठिक ढंगले चल्नुपर्छ भन्दा ओली पार्टी फुटाउन उद्दत भएको पाण्डेको आरोप छ । नेता पाण्डेले कोरोना संक्रमले यो वर्ष पनि कति काम हुन्छ भन्ने एकिन नभएको अवस्थामा सरकारले राम्रोसँग काम गर्नुपर्छ भनेर आफूहरुले भनेको बताउनु भएको छ ।
चितवनमा शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रम बिथोलिएको थियो । पोखरामा माधवकुमार नेपाल गुटका नेता, कार्यकर्ताको भेलामा सहभागी भएकाबेला ओली गुटका कार्यकर्ताहरुले धाँधलि गरेका थिए ।
साथै पाण्डेले विधि, विधान र मापदण्डभन्दा पनि पार्टीमा गुटबन्दी मौलाएको भन्दै विभिन्न फाउन्डेसन, विद्यार्थी तथा युवा संगठन र नियुक्तिका नाममा विधि र मापदण्ड मिचिएको पनि टिप्पणी गरेका छन् । पूर्व माओवादीलाई सँगै लैजाने र ओलीलाई पनि सत्यको बाटोमा ल्याउने सामर्थ्य आफूहरुमा मात्र भएको र त्यो अभिभारा पनि रहेको पाण्डेले बताएका छन् । उनले दाउपेच, तिकडमबाजी र प्रतिरोधबाट पार्टी नचल्ने बताए ।





