९ मंसिर, काठमाडौं । कोरोना संक्रमणका कारण एक शसस्त्र प्रहरी अधिकृतको मृत्यु भएको छ । शसस्त्र प्रहरी ३ नम्बरगण मोरंगमा दरबन्दी रहेका रशस्त्र प्रहरी निरिक्षक इन्सपेक्टर नविन बुढाथोकीको मृत्यु भएको हो ।
गत असोज २७ गते कोरोना पुष्टि भएपछि विराटनगरस्थित विराट मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत बुढाथोकीको गएराति सवा ११ बजे मृत्यु भएको शसस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिएका छन् । उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकलमा भर्ना गरिएको थियो।
तेह्रथुमको म्याग्लुङ नगरपालिका–१ घर भएका बुढाथोकी सशस्त्र प्रहरीमा २०६८ सालमा सेवा प्रवेश गरेका थिए ।
उनिसंगै हालसम्म शसस्त्र प्रहरीका तिन जना कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भने १ सय ६८ जना सक्रीय संक्रमित रहेका छन् ।





