खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदै

१० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली टिमले प्रशिक्षण सुरु गर्नेछ ।

नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ । नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्कन लागेका हो । कोरोना भाईरसको महामारीको कारण गत चैतबाट नेपाली टिमले सामुहिक प्रशिक्षण गरेको छैन ।

लामो समय खेलाडी मैदान बाहिर रहेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सावधानी अपनाएर प्रशिक्षण गराउन लागेको हो । क्यानले बन्द प्रशिक्षणमा सहभागी खेलाडी, स्टाफ र अफिसियलको मंगलबार कोरोना परिक्षण समेत गरेको थियो । क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ ।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्कीरहेका छन् भने प्रशिक्षक जगत बहादुर टमटा रहेका छन् ।