सामाजिक सञ्जाल

गणतन्त्रका मत्ता साँढेलाई तह नलाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त हुँदैनः नेता गुरुङ

१७ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले गणतन्त्रका मत्ता साँढेलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त नहुँने धारणा व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त आक्रोसयुक्त धारण सार्वजनिक गर्दै नेता गुरुङले यस्तो टिप्पणी गरेका हुन् ।

आफुहरुले गणतन्त्र ल्याएको तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्‍याएका कारण गणतन्त्रलाई नै दुर्गन्धित बनाइरहेको बताएका छन् ।

उनको ट्वीटः हामीले गणतन्त्र ल्यायौं तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्‍याएका कारण गणतन्त्रलाई नै दुर्गन्धित बनाइरहेका छन् । गणतन्त्रका मत्ता साँढेहरुलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त हुन सक्दैन । जय नेपाल।