१८ मंसिर, काठमाडौं । नायिका स्वेता खड्का आगामी मंसिर २२ मा बिबाहबन्धनमा बाँधिदै छिन् । नायिका खडकाले धनगढीका विजयेन्द्र सिंह रावतसंग बिबाह गर्ने पक्का भएको छ ।
नायिका खड्काको बिहेको चर्चा चलचित्र क्षेत्रमा चलिरहे पनि बिहे हुने कुरामा सत्यता नभएको बताउने गरेकि उनले अन्तमा बिहेको पक्को भएको पुष्टि गरेकी छिन् ।
केहि समयदेखी प्रेम सम्बन्धमा रहेका नायिका स्वेता र विजयेन्द्रकाे गोकर्ण फरेष्टमा रिसोर्टमा बिहे हुने भएको छ । स्वेताको बिहेको कार्ड समेत आफन्त तथा नजिकका साथि भाईलाई बाँडी सकेको जनाईएको छ ।
कहाँ भेठ्टिएला बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका स्स्वेता नायक श्रीकृष्ण श्रेष्ठासंग २०७१ साल असार २३ गते बिबाहबन्धनमा बाँधिएको एक महिनापछि २०७१ साउन २५ गते श्रीकृष्णको मृत्यु भएको थियो । नायिका स्वेता चलचित्र संगै विभिन्न व्यवसायमा आवद्ध समेत छिन् ।





