पु.समाचार

फेरी ह्वात्तै बढ्यो सुनको मुुल्यः एकैदिन तोलामा १ हजार ६ सय वृद्धि

१८ मंसिर, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला  एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला  एक हजार ६०० ले वृद्धि भई  ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला  ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २० ले वृद्धि भएको छ । प्रतितोला एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला  एक हजार २०५ मा खरीदबिक्री भएको छ ।