बाग्मती

काठमाडौंको गोकर्णमा आमा छोरी मृत फेलाः श्रीमान अचेत

१८ मंसिर, काठमाडौं । काठमाडौको एक स्थानमा आमाछोरी मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको गोकर्णेस्वर नगरपालीकाको नयाँ पाटीमा एक महिला उनकी एक महिनाकी छोरी सहित घरमै मृत फेटिएका हुन् ।

सिन्धुपाल्चोक घर भएर नयाँपाटीमा डेरी गरी बस्दै आएका महिला र छोरी मृत झेटिएका छन् भने उनका श्रीमान अचेत अवस्थामा भेटिएका छन् । गोकनेस्र नगपालीका २ नयाँ पाटी बस्दै आएकी पेम्बी सेर्पा र उनकी छोरी मृत भेटिएको महानगरिय प्रहरी बृद्ध बौद्धले जानकारी दिएको छ ।

अचेत अवस्थामा फेला परेका श्रमानको भने मेडिकल कलेजमा उपचार भईरहेको छ । उनिहरुले बस्दै आएको घरमा पसल गर्दै आएका थिए । बिहान अबेरसम्म ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेको र घ्रहरीले ढोका फोरी हेर्दा आमा-छोरीको मृत्यु भईसकेको र श्रीमान घाईते भएको भेटाएको थियो ।