१९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तनहुँ घटनाबारे छलफल गर्न आकस्मीक बैठक बोलाएको छ । कांग्रेस सभापती शेरबहादुर देउवाको निवास वुढानिलकण्ठमा दिउँसो २ बजे पदाधीकारी र पुर्व पलाधिकारी बैठक बोलाईएको हो ।
आज बस्ने बैठक मुख्य तह तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको भएको दुव्र्यबहारका बारेमा छलफल केन्द्रित हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
बुधबार तनहन्को व्यास नगरपालीकामा निर्मित पुल उद्घाटन गर्न जाँदा वरिष्ठ नेता पौडेललाई निषेधाज्ञा तोडेको भन्दै प्रहरीले पक्राउ गरी ३ घण्टापछि छाडेको थियो । सोहि बिषयमा कांग्रेस लगाएत चौतर्फि बिरोध भएका बेला कांग्रेसले आज छलफल गर्न लागेको हो ।
कांग्रेस उपसभापती निधिले बैठक बिहिबार राख्ने तयारी भएपनि वरिष्ठ नेता पौडेलको उपस्थितमै आज छलफल गर्न लागिएको हो । उपसभापती निधीले सरकार अधिनायकवाद तर्फ अघि बढेको र निषेधको राजनीतिक गरिरहेकाले यस बिषयमा समेत बैठकमा छलफल हुने जानकारी दिएका छन् ।





