२० मंसिर, काठमाडौं । पानी हाम्रो शरिरको लागी अति आवस्यकीय बस्तु हो । हाम्रो शरिलाई स्वास्थ राख्न र बिभिन्न रोहरुबाट बचाईरख्नमा धेरै महत्वपुर्ण भुमिका निर्वाह गर्छ पानीले । यतिमात्रै हाईन पानीले हाम्रो शरिरको विभिन्न अंगको रक्षा गर्दछ ।
पानी हाम्रो दैनिक जिवनकालागी एकदमै महत्वपुर्ण बस्तु हो । सोचौं त यदि एकदिनभरी हामीलाई पानीदेखी टाढा बनाईयो भने हाम्रो हालत के हुन्थ्यो होला । मान्छे हामी बरु खाना बिना केहि समय बाँच्न सक्छौं होला तर पानी बिना जसरी सास लिन छाडे मर्छाै सायद पानीबिना पनि हाम्रो हालत त्यस्तै हुन्छ होला यो हामी कल्पनापनि गर्न सक्दैनौं ।
पानी हाम्रो लागी निकै महत्वपुर्ण चिज हो तर के तपाईलाई थाहा छ तातो पानिले हामीलाई कति फाईदा दिन्छ । यहाँ हामीले तपाईलाई मनतातो पानिको केहि फाईदा जानकारी गराउँदै छौं । हामिले नियमित तातोपानी पिएमा शरिरलाई धेरै नै फाइदा हुन्छ । स्वास्थ्य मात्रै होइन आफ्नो सौन्दर्यलाई निखार्न पनि तातोपानीले सहयोग गर्छ ।
शरिरलाई स्वस्थ राख्न दिनभरमा आठ-दश लिटर पानी पिउनु पर्दछ । चिसो पानीको साटो तातोपानी पिएमा बढी लाभ मिल्ने विज्ञको सुझाव पनि छ । यसले पाचन प्रणालीलाई ठीक अवस्थामा राख्न सहयोग गर्छ । खाना पचाउन र रक्त सञ्चालन प्रक्रियालाई ठीक अवस्थामा राख्न पनि यसले सहयोग गर्छ ।
गर्मी होस् या सर्दी, हरेक मौसमको बिहान खालीपेटमा हल्का तातो पानी पिउनु राम्रो हुन्छ । तातोपानी पिउनाले वजन कम गर्न पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । तातोपानीले शरीरभित्र जमेर रहेको विषालु तत्वलाई बाहिर निकाल्न मद्दत गर्दछ ।
यसको सेवनले थकाई मेटाउन सहयोग गर्छ । नियमित तातोपानी पिएमा सधै फ्रेस देखिन्छ । छाला सम्बन्धी विरामीलाई समेत तातोपानीले फाइदा गर्छ । रुघाखोकी पनि लाग्दैछ । मृगौलालाई राम्रो बनाउनको लागि नियमित विहान र बेलुका एकएक पटक मनतातोपानी पिउनु राम्रो हुन्छ ।
मनतातो पानीको सेवन गरेमा हाड जोर्नीको दुखाई कम गर्छ । स्वास तथा मृगौला सम्बन्धी रोग छ भने नियमित तातोपानी पिएमा फाइदा हुन्छ । यसले वजन कम गर्न पनि सहयोग गर्छ ।





