२० मंसिर, काठमाडौं । नेपालका कोरोना संक्रमीतको लागी भारत या चीनमा बनेको खोप नै उत्तम हुने भएको छ । नेपालको जिन, रहनसहन, वातावरण, आर्थिक अवस्था, स्वास्थ्य पुर्वाधार र संरचना आधारभुत अवस्था भारत र चिनसंग मिल्दो-जुल्दो भएका कारण भारत र चिनले प्रयोग गर्ने कोरोना विरुद्धको खोप नै नेपालका लागि उपयुक्त हुने बिज्ञहरुले बताएका छन् ।
बिज्ञहरुले कोरोना विरुद्धको खोप उत्तर र दक्षीणी क्षिमेक चिन र भारतबाट ल्याउन दुई छिमेकि मुलुकसंग सहकार्य गर्न सुझाव दिएका छन् ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पुर्व निर्देशक एवंम कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा जिडि ठाकुरले नेपालले अन्य युरोप मुलुक भन्दा पनि कोरोना बिरुद्धको खोप लिनलाई भारत र चिनतर्फ ध्यान दिँदा त्यो दिर्घकालिन हुने बताएका छन् ।
यस्तै ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पुर्व निर्देशक डा.बाबुरामले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चिन लगाएत अन्य खोप निर्माता मुलुकका सरकार प्रमुखसंग प्रतक्ष फोन सम्पर्क गरेर खोपका लागि पहल बढाउने बताएका छन् ।





