पु.समाचार

देशैभरी राजावादी आन्दोलनः माईतिघरमा ठुलो संख्यामा प्रहरी

२० मंसिर, काठमाडौं । मुलुकमा पछिल्लो समय राजावादीहरु सक्रकीय बन्दै गएका छन् । एकातिर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिबाद जारी रहँदा अर्कातिर राजावादीहरुले देशका बिभिन्न स्थानमा आन्दोलनलाई चर्काेँदै लगेका छन् । मुलुकका विभिन्न स्थानमा दैनिकजसो पर्दशनहरु हुन थालेका छन् ।

यसैक्रममा आज दिउँसो काठमाडमौंको माईतिघर मण्डलामा राजावादीहरुले बृद्धत प्रदर्शनको तयारी गरेका छन् । राजावदीहरु विभिन्न नारा अंकित व्यानरहरु, प्लेकार्ड र नेपाली झण्डा सहित जम्मा भएका छन् । यता काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै बिभिन्न भेला तथा प्रदर्शन गर्न रोक लगाएको छ ।

साथै बिभिन्न ओन्दोलनका कार्यक्रमहरु गरे कारबाहिको चेतावनी दिएको छ । तर मण्डालामा प्रदर्शनको तयारी भएपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यसअघि मंसिर १५ गते माईतिघरमा पर्दशन गरेका थिए भने देशका मुख्य सहरहरुमा पनि पर्दशन गरेका थिए ।

उनिहरुले राजा आउ देश बचाउ लगाएतका नारा लगाउँदै पर्दशन गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै आज दिउँसो झापामा पर्दशन गर्ने जनाएको छ ।