पु.समाचार

खगेन्द्रको टिप्पणीः संसदको बहुमतले ओलीलाई मिल्काए भईगो नि, बन्द कोठामा किन किचकिच ?

२२ मंसिर, काठमाडौं । बुद्धिजीवी तथा लेखक खगेन्द्र संग्रौलाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको जारी बिबादप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने भए संसद बैठक बोलाई संसदको बहुमतबाट अविस्वासको प्रस्ताव दर्तागरी त्यहाँबाट हटाए हुन्छ भन्ने तर्क गरेका छन् । उनले यस्तो नेकपाका बिबादप्रति कटाक्ष गर्दै यस्तो टिप्पणी गरेका छन्ः संसदको बहुमतले ओलीलाई मिल्काय भईगो नि, बन्द कोठामा किन किचकिच ? ।

संग्रोलाले ओलीले अध्यक्ष बन्न मनलागे महाधिवेशनमा जित, प्रधानमन्त्री बन्न मनलागे आम निर्वाचनमा जित भनेको भनाईमा सहमती समेत जनाएका छन् । उनले अगाडी भनेका छन्ः ओली इतर गुटलाई ओलीको कुशासन, भ्रष्टाचार र अहंकार मनपर्न छाड्या भए यिनलाई संसदबाट बहुमतले मिल्काए भैगो नि । यो पो विधिको सही बाटो हो । बन्द कोठामा किन किचकिच ?

पछिल्लो समय नेकपाका दुई अध्यक्षबीच बिबाद भईरहेका बेला संग्रौलाको यस्तो धारणा सार्वजनिक भएको हो । केहि समय अघि नेकपा कार्यकारी अध्यक्षले दाहालले अर्का अध्यक्ष ओलीका विरुद्ध प्रस्ताव दर्ता गरेका थिए भने उक्त प्रस्ताव नमान्ने र त्यो फिर्ता नभएसम्म बैठकमा सहभागी नहुने भन्दै ओलीले आईतबारको स्थायी समिति बैठक समेत अस्वीकार गरेका छन् । भने यता प्रचण्डले प्रस्ताव फिर्ता नलिने अडान कायम राखेका छन् ।

संग्रौलाको ट्वीटः ओली भन्छन्ः अध्यक्ष बन्न मनलागे महाधिवेशनमा जित,प्रधानमन्त्री बन्न मनलागे आम निर्वाचनमा जित । कुरो ठीकै त हो । ओली इतर गुटलाई ओलीको कुशासन, भ्रष्टाचार र अहंकार मनपर्न छाड्या भए यिनलाई संसदबाट बहुमतले मिल्काए भैगो नि । यो पो विधिको सही बाटो हो । बन्द कोठामा किन किचकिच ?