पु.समाचार

नेपाल र चिनले संयुक्तरुपमा मंगलबार सगरमाथाको उचाई सार्वजनिक गर्दै

२२ मंसिर, काठमाडौं । नेपाल र चिनले भोली (मंगलबार) संयुक्तरुपमा सगरमाथाको उचाई सार्वजनिक गर्ने भएका छन् । नापी विभागले आज पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।

नेपालका तर्फबाट पनि यसअघि सगरमाथाको उचाइ मापन गरिएको थियो । दुवै तर्फका अधिकारीहरुले भोलि संयुक्तरुपमा उचाइ सार्वजनिक गर्ने भएका हुन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले फिल्ड सर्वेबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन गरेको तथ्यांक र चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेर संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरिन लागेको जानकारी गराएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका बेलामा नेपाल र चीनले संयुक्तरुपमा उचाइ घोषणा गर्ने सहमति भएको थियो ।