२६ मंसिर, काठमाडौं । विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । उनकी श्रीमती फेडेरिका कपेलेटीले ६४ बर्षको उमेरमा आफ्ना श्रीमान्को निधन भएको बिहीबार पुष्टि गरोक छन् ।
उनले इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि दिलाएका थिए । त्यसपछि उनि आफ्नै देशमा फुटवलको कमेन्टेटरका रुपमा क्रियाशिल भएका थिए । इटलीमा राज्यद्वारा सञ्चालित रेडियो र टेलिभिजनको संस्था आरएआइमा समेत काम गरेका रोसीलाई इटलीका विश्व प्रसिद्ध सफल खेलाडीका रुपमा चिन्ने गरिएको छ ।
उनको निधनपछि उनकी श्रीमतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्ः “तपाई जस्तो संसारमा अर्को कोही छैन, तपाई विषेश थिए र, फरक थिए, तर अव तपाई नै नरहेपछि म पूर्ण शून्यतामा पुगेकी छु ।”रोसीले स्पेनमा भएको विश्वकपमा ६ गोल गरेका थिए । ब्राजिलसँगको खेलमा ३–२ गोल गरेर इटलीलाई जिताएका थिए भने विश्वकपको फाइनलमा पश्चिमी जर्मनीविरुद्ध ३–१ गोलका साथ उपाधि दिलाएका थिए ।
सन् १९८२ मा नै उहाँ फिफा बर्ष खेलाडीका रुपमा पनि निर्वाचित हुनुभई विश्वकै सर्वप्रिय खेलाडीमध्ये एक बन्नु सफल भएका थिए । उनको निधनमा शोक व्यक्त गर्दै इटलीको फुटबल महासंघले आधा झण्डा झुकाउने भएको छ । उनको निधनप्रति खेलाडी, सुभेच्छुक, उच्च पदस्थ व्यक्तिलगायतले शोक व्यक्त गरेका छन् ।





