२६ मंसिर, काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई एआइजीमा बढुवा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।
सरकारले केही समयअघि नेपाल प्रहरीको सङ्गठनमा पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एक एआइजीको दरबन्दी थप गरेको थियो । अघिल्लो हप्ता गृह मन्त्रालयले एआइजीमा बढुवाका लागि डिआइजी पोखरेलको नाम सिफारिस गरेको थियो ।





