सामाजिक सञ्जाल

संबैधानीक अंगमा पद रिक्त, सरकार र प्रतिपक्षी भागबण्डा/झगडामा मस्त हुनु दुर्भाग्यः अध्यक्ष थापा

२९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा संबैधानीक अंगका रिक्त पदलाई लिएर ओली सरकार र प्रतिपक्षी दल कांग्रेसप्रति रुष्ठ भएका छन् ।

आईतबार बोलाईएको संबैधानिक बैठक नबेपछि सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले ५ बर्षदेखि कतिपय संबैधानिक अंगका पदहरू रिक्त रहँदा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल भागवण्डा र झगडामा व्यस्त रहनु दूर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष कमल थापाले भागवण्डा नमिलेको र नेकपाको आन्तरिक विवादको कारण संबैधानिक परिषदको बैठक पटकपटक बस्न नसक्नुले वर्तमान व्यवस्थाको कमजोरीलाई थप उदाङ्गो पारेको भन्दै कटाक्ष गरेका छन् ।

आईतबार संबैधानीक आयोगको बैठक डाकीए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाले अजको आन्दोनलमा आँफु ब्यस्त हुने भन्दै उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगीत भएको थियो ।

अर्काे तर्फ आँफुहरुको अन्दोलन घोषणा गरेकै बेला बैठक बोलाउनु लाई कांग्रेसले सरकारको नियतप्रति आसंका समेत गरेको थियो ।

उनको ट्वीटः भागवण्डा नमिलेको र नेकपाको आन्तरिक विवादको कारण संबैधानिक परिषदको बैठक पटकपटक बस्न नसक्नुले वर्तमान व्यवस्थाको कमजोरीलाई थप उदाङ्गो पारेको छ । ५ बर्षदेखि कतिपय संबैधानिक अंगका पदहरू रिक्त छन् । तर, सत्तारुढ र प्रमुख प्रतिपक्ष दल भागवण्डा र झगडामा व्यस्त रहन दूर्भाग्यपूर्ण छ ।