सामाजिक सञ्जाल

मन्त्री बिनाले दिईन चुनौतीः एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस् राजीनामा दिन्छु !

२९ मंसिर, काठमाडौं । खानेपानी मन्त्री बिना मगरले भ्रष्टाचारको आरोप लागेकोमा चुनौती दिएकी छिन् । सामाजिक सञ्जाल ट्वीट माफर्त मन्त्री मगरले एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमान भेटिए आँफुले राजिनामा दिन तयार रहेको बताएकी छिन् ।

उनले खानेपानी मन्त्रालयमा एक रुपैया भ्रस्टाचार गरेको प्रमाण देखाउन भन्दै राजिनामा दिने चुनौति दिएकी छिन् । पछिल्लो समय खानेपानीमन्त्री मगरले मन्त्रालयमा भ्रष्टाचार गरेको भन्ने बिभिन्न समाचारहरु आएका थिए ।

सोहि बिषयलाई लिएर उनले यस्तो चुनौति दिएकी हुन् । साथै उनले देश समृद्ध बनाएरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरेकी छिन् ।

उनको ट्वीटः आज म प्रतिज्ञा गर्छु ,खानेपानी मन्त्रालय मा एक रुपैया भ्रस्टाचार गरेको प्रमाण देखाउनुस् म राजिनामा दिन्छु । देश समृद्ध बनाएरै छाड्छौ ।