सामाजिक सञ्जाल

पौडेल आक्रोसीतः मिल मालिक र सरकारको मिलिभगत र लापर्वाहीको शिकार बने उँखु किसान

२९ मंसिर, काठमाडौं । प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उँखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । नेता पौडेलले किसानहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुको माग पूरा गरी जतिसक्दो चाँडो राहत दिलाउन सरकारसँग आग्रह गरेका छन् ।

उखु को बक्यौता रकम नपाएको भन्दै उँखु किसानहरु काठमाडौंमा आएको भन्दै उनले किसानको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आवहान गरेका  हुन् । नेता पौडेलले मिल मालिक र सरकारमा रहेकाहरुको मिलिभगत र लापर्वाहीको शिकार किसान भनेको भन्दै सहानुभुति प्रकट गरेका छन् ।

नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएको भन्दै किसानको माग पुरा गराउन समेत ऐक्यवद्धता समेत जनाएका छन् ।

उनको ट्वीटः नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरुको मिलिभगत र लापर्वाहीको शिकार बनेका किसानहरु प्रति पुर्ण सहानुभूति र एकबद्दता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आवहान गर्दछु । जय नेपाल !