पु.समाचार

नेपालमा आज ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टिः ८ सय ४२ निको, १८ को मृत्यु

२९ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ रहेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।

यो संगै हालसम्म कोरोना भाइरस संक्रमणबाट १७१६ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।