सामाजिक सञ्जाल

जब डा.भट्टराईले ओली सरकारको निरंकुशता बिरुद्ध सडकमा उत्रिएको कांग्रेसलाई दिए बधाई !

२९ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ओली सरकारका बिरुद्धमा सडकमा ओर्लिएको कांग्रेसलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.भट्टराईले ओली सरकारको निरंकुशता/कुशासन / भ्रष्टाचारको बिरुद्धमा आज देशैभरी आन्दोलनमा उत्रिएको कांग्रेसलाई बधाइ दिएका हुन् ।

उनले लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्य क्षेत्र मध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार र कर्तव्य हुने बताएका छन् ।

डा.भट्टराईले अब सदन बोलाउन पहल गर्नु आग्रह गर्दै जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक- सदनमा उत्रिएने बताएका छन् ।

उनको ट्वीटः ओली सरकारको निरंकुशतारकुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ । अब सदन बोलाउन पहल गरौं।जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडकंसदनमा गर्जन्छ !