सामाजिक सञ्जाल

समृद्ध र सबल नेपाल निर्माणका लागी राजसंस्थाको वकालत गरेका हौँः अध्यक्ष थापा

३० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपालको निर्माणका लागी राजसंस्थाको वकालत गरेको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले मुलुकमा राजा आउ देश बचाउ भन्दै भईरहेका आन्दोलनको आलोचना भईरहेका बेला यस्तो धारणा व्यक्त गरेका हुन् । थापाले राजसंस्था वकालतका क्रममा कसले के भन्छ भन्ने आँफुहरुलाई चिन्ता नहुने बताएका छन् ।

अध्यक्ष थापाले धर्म संस्कृति, परम्परा, इतिहासको संरक्षण र सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका हुन् ।

उनको ट्वीटः धर्म संस्कृति,परम्परा,इतिहासको संरक्षणरसम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हामीले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ।कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुंदैन ।