पु.समाचार

संसद विघटन बिरुद्ध परेको रिटमा आज सर्बाेच्चले सुनुवाई गर्दै

८ पुष, काठमाडौं । संसद विघटन बिरुद्ध परेको रिटमा आज सर्बाेच्चले प्रारम्भिक सुनुवाई गर्दैछ । सर्वाेच्च अदालतले संसद विघटन विरुद्ध दायर रिटमा आज सुनुवाई गर्ने भएको हो । आइतबार संसद विघटन गरिएपछि सोविरूद्द करिब १ दर्जन रिट सर्वाेच्चमा दर्ता भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाविरुद्ध परेका १३ वटा रिट मध्ये १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको हो ।

नेकपाका सांसदले पनि संसद विघटन असंवैधानिक भन्दै मंगलबार रिट दर्ता गराएका छन् । संसद विघटनविरूद्द दायर ती रिटहरूको आज एकल इजलासमा सुनुवाई हुने सर्वाेच्च अदालत रिट महाशाखाका प्रमुख बाबुराम दाहालले जानकारी दिएका छन् । प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङ, सांसदहरु कृष्णभक्त पोख्रेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराएका थिए ।

रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । उनीहरूको रिटमा राष्ट्रपतिले विघटन घोषणा गर्नु असंवेधानिक रहेकाले संसद विघटन नभएको जिकिर गरिएको छ ।