८ पुष, काठमाडौं । बुद्धिजिवी तथा साहित्यकार खगेन्द्र संग्रौलाले ओली सरले संविधानको चिर हरण गरे नै, चोलेन्द्र श्रीमानले बचाउलान त भन्दै व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त उनले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले संसद बिघटन गरेको बिरोधमा सर्बाेच्चमा रिट निबेदन परेको छ ।
र उक्त रिटको आज सर्बाेच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल ईजलासमा तोकिएपछि उनको यस्तो धारणा सार्वजनीक भएको हो ।
उनले प्रधानमन्त्री ओलीले पार्टीमा आफ्नो दम खुस्किएपछि क्षुद्र सत्तास्वार्थका लागि प्रतिनिधिसभाको बध र संविधानको चिरहरण गरेको उनको दाबी छ । संग्रौलाले ट्वीटमा भनेका छन्ः सर्वोच्चका चोले सर पनि चिनिएकै इष्ट हुन्, यिनले पो के गतिलो गर्लान् र पो भन्छन् त भुक्तभोगी जन ! कुरो के हो चोले श्रीमान्रुकाटिएको नाकको वीउचैँ जोगाउँ है ! ।
प्रधानमन्त्रीले संसद विघटन गरेपछि नेकपा फुट्ने निश्चीत जस्दै बनेको छ भने संसद गर्ने ओलीको निर्णय सच्याउन माग गर्दै सर्बाेच्चमा १३ वटा रिट निबेदन परेको छ ।
उनको ट्वीटः ओली सरले त पार्टीमा आफ्नो दम खुस्किएपछि क्षुद्र सत्तास्वार्थका लागि प्रतिनिधिसभाको बध र संविधानको चिरहरण गरे नै । सर्वोच्चका चोले सर पनि चिनिएकै इष्ट हुन्, यिनले पो के गतिलो गर्लान् र पो भन्छन् त भुक्तभोगी जन ! कुरो के हो चोले श्रीमान् ? काटिएको नाकको वीउचैँ जोगाउँ है !






