९ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले संसद विघटनको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनको घोषणा गरेको हो ।
यस्तै दाहाल–नेपालसमूहको स्थायी कमिटी बैठकले भोली सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको छ । आज बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको बैठकले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको नेता भीम आचार्यले जानकारी दिए ।
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । दाहाल–नेपाल समूहले आज महासचिव पद भने टुंगो लगाउन सकेन ।
सुरेन्द्र पाण्डे र भीम रावलमध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । उक्त समुहको स्थायी कमिटीलगत्तै उक्त समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।





