१० पुष, काठमाडौं । सत्ताारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल-माधव कुमार नेपाल समुहले आजदेखी आन्दोलन गर्दै छ । बिहिबार बबरमहलमा बसेको केन्द्रिय कमिटीको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल-नेपाल समूहले पार्टी एकतालाई सुदृढ बनाउन तथा प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी सङ्घर्षको घोषणा गरेको हो ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहिबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी सङ्गठन तथा एकतालाई कमजोर पार्ने पार्न खोज्ने सबै प्रकारका प्रवृत्ति, गतिविधिविरुद्ध आन्दोलन गर्ने र एकतालाई अझ सुदृढ बनाउने कार्ययोजना र प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध सङ्घर्ष गर्ने उद्देश्यले पहिलो चरणको कार्यक्रमको घोषणा गरेको थियो ।
पार्टी सङ्गठन सुदृढीकरण र सङ्घर्षको पहिलो चरणको कार्यक्रमअन्तर्गत यही पुस आज पार्टी केन्द्रीय कमिटीका सदस्य र पार्टीका सांसद–पूर्वसांसदको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । समसामयिक राजनीतिक परिस्थितिका विषयमा पार्टी अध्यक्षद्वयबाट आज नै पत्रकारसँग अन्तक्रिया गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै आज पहिलो चरणको आन्दोलनको पहिलो दिन आज बिहान ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोजना पार्टीका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभा सांसदहरुको उपस्थितिमा प्रदर्शन गरिने जनाइएको छ । र आयोगमा पार्टीको आधिकारीकता आँफुसंग रहेको दाबीसहित उपस्थित जनाउने भएको छ । यस्तै उक्त समुहका सबै सांसद १२ बजे नै सर्बाेच्चमा जाने भएका छन् । आज संसद बिघटनको बिरुद्ध परेको रिट निवेदनमाथि सुनुवाई हुँदै छ ।
साथै यो समुहले यो महिनाभरी प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपतीद्वारा संसद बिघटनका बिरुद्धमा बिभिन्न संघार्षका कार्यक्रम घोषणा गरेको छ ।





