पु.समाचार

पहुँचवालाबाट सरकारी जमीन अतिक्रमणः मन्त्री अर्याल

१२ पुस, काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहुँचवाला व्यक्ति तथा पूर्वमन्त्री नै सक्रिय रहेको बताएका छन् । मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै उनले राज्यको सम्पत्ति दोहन गर्ने जोकोहीलाई पनि कानूनी दायरामा ल्याउन कर्मचारीलाई सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिए ।
मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको नयाँ नक्शा पारित तथा थुप्रै रचनात्मक काम गरिएको जिकिर गरे। मन्त्री अर्यालले आजै कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगी पदबहाली गरेका छन् । सो अवसरमा नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताए ।