पु.समाचार

नेपालमा आज थप ४ सय जनामा कोरोना पुष्टिः ७ सय ४८ जना डिस्चार्ज, थप ८ को मृत्यु

१७ पुष, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ६ हजार ४८ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ५ हजार २ सय २५ पिसिआर परीक्षण गर्दा ४ सय २६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७ सय २ पुगेको छ।

आज थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ७ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको मन्त्रालयले जनाएको छ।