१८ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि बिरोधमा उत्रिएको दाहाल-नेपाल समुहले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै छ ।
ओलीले संसल बिघटन गरेपछि नेकपा दुई समुहमा बिभाजीत भएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल-माधवकुमार नेपाल को दुई समुह छ । ओलीले गरेको असंधानीक संसद विघटन फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएको दाहाल र नेपाल पक्षले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषण गर्ने भएको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज अपरान्ह ३ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने बैठकमा आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गरिने भएको हो । नेकपाले नारायणकाजीको नेतृत्वमा संसद विघटनविरुद्ध २५ सय एक सदस्यीय रहेको संघर्ष समिति बनाइसकेको छ ।
उक्त समूहले पहिलो चरणको कार्यक्रम अन्तगत पुस १४ गते प्रदर्शन गरेको थियो । केही दिनअघि दोस्रो चरणको कार्यक्रम घोषण गर्ने भने पनि अन्तिम समयमा स्थगित भएको थियो । यस्तै उता ओली समुहको कार्यकर्ता भेला पनि आजै काठमाडौंमा हुँदै छ ।





