१८ पुष, काठमाडौं । जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई कारले ठक्कर दिएको छ । पूर्वपश्चिम राजमार्गको बारा–जितपुर सडक खण्डमा कारले ठक्कर दिँदा पाटेबाघको मृत्यु भएको हो ।
जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा १६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे ठक्कर दिएको हो ।
बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारले बाघलाई ठक्कर दिएको हो ।
कार हेटौंडाबाट सर्लाही जाँदै थियो र ठक्करबाट बाघको घटनास्थलमै मृत्यु भएको छ । कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको पंगेनीले बताएका छन् ।





