पु.समाचार

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथबीच भेटवार्ता

३ माघ, काठमाडौं । भारत भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री र भारतिय रक्षामन्त्री राजनाथ सिंहबिच भेटवार्ता भएको छ । भारतको तिनदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्ती र भारतिय रक्षामन्त्रीबिच आज बिहान भेटवार्ता भएको हो ।

रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल ट्वीटमा केहि फोटो सिएर गर्दै नेपालका परराष्ट्रमन्त्री संग उल्लेखनीय भेटवार्ता भएको बताएका छन् । साथै उनले ’भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित नभएर यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको भन्दै भारत–नेपाल सम्बन्धले असीमित सम्भावना दिने समेत बताएका छन् ।

आज बिहान साढे ९ बजे भएको भेटवार्तामा परराष्ट्रसचिव भरत पौडेल र भारतका लागी नेपाली राजदुत नीलाम्बर आचार्यपनि उपस्थित थिए । साथै ज्ञवाली स्वदेश फकर्नुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगपनि भेट्को लागी प्रयास भईरहेको भारतस्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

मन्त्री ज्ञवाली भ्रमणको कार्यक्रम सकाएर आजै अपरान्ह नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्कने छन् ।