राजनीति

पार्टी बलियो बनाउन तेरो/मेरो नभनिकन सबै एक जुट भएर उभिनुप¥योः महामन्त्री डा कोइराला

१० माघ, धनगढी । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कुनै पनि हालतमा नेपालको संविधानको रक्षा गर्नुपर्ने बताएका छन् । कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले चुनावमा जाने अथवा आन्दोलन गर्ने भन्ने दोधारमा कांग्रेस बस्न नहुने धारणा व्यक्त गरे । “पार्टी बलियो बनाउन तेरो र मेरो नभनिकन सबै एक जुट भएर उभिनुप¥यो” महामन्त्री कोइरालाले भने, “आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।” उनले कांग्रेसको भविष्य उज्ज्वल रहेको तर यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महामन्त्री डा शशांक कोईराला, नेका नेता तथा केन्द्रीय सदस्य डा शेखर कोईराला, दिपक गिरी, बद्री पाण्डे, जीवन परियार, बर्दिया सभापति संजय गौतम, पूर्व राज्यमन्त्री दिपक खड्काको उपस्थिति थियो ।