राजनीति

डा.भट्टराईको आह्वानः देश संकटमा छ, छातीमा हात राखेर सोचौं

१४ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देश संकटमा रहेकाले छातीमा हात राखेर सोच्नुपर्ने बेला आएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो बताएका हुन् । उनले देश अग्रगमन र पश्चगमनको भयंकर दोसॉधमा रहेकाले कुन बाटो जाँदा ठि हुन्छ सबैले छातीमा हात राखेर सोच्नुपर्नेमा जोड दिएका छन् ।

उनले अग्रगमनमाफर्त संसद पुनर्स्थापना, सहमतीय सरकार, सहमतिमा संविधान संशोधन, निर्वाचन, सुशासन र समृद्धिमा जाने कि संसद विघटन, नो ईलेक्सन, संकटकाल, संविधान खारेजं, आन्दोलन, विद्रोहंबाह्य हस्तक्षेपर अन्त्यहीन द्वन्द तिर जाने हो भन्ने सोच्नुपर्ने बताएका छन् ।

उनको ट्वीटः देश अग्रगमन र पश्चगमनको भयंकर दोसॉधमा छः कुन बाटो जाने सबैले छातीमा हात राखेर सोचौंः १.अग्रगमनः संसद पुनर्स्थापनां, सहमतीय सरकार,सहमतिमा संविधान संशोधन, निर्वाचनं, सुशासनं, समृद्धि । २. पश्चगमनः संसद विघटन, No Election संकटकाल,संविधान खारेजं, आन्दोलन/विद्रोहं, बाह्य हस्तक्षेपं, अन्त्यहीन द्वन्द !