१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्रै सबै नागरिकलाई निःशुल्क खोप दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कोरोना खोपको सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अब नागरिकले पनि छिट्टै कोरोना खोप पाउने दाबी गरेका छन् । ओलीले कोरोना बिरुद्धको अभियान सुरु गरेपनि संक्रमणबाट बच्न नागरिकले विशेष सावधानि अपनाउनुपर्नेमा जोड दिएका छन् ।
ओलीले खोप अभियान सुरु भएपनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, सरसफाई जस्ता कुरामा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । साथै प्रधानमन्त्री ओलीले खोप उपलब्ध गराएकोमा भारतलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले भारतबाट उचित मुल्यमा खोप खरिदबारेमा पनि छलफल भईरहेको बताएका छन् ।
ओलीले नेपाल कोरोना बिरुद्धको लडाई पहिलो चरणमा प्रवेश गरेको समेत बताएका छन् । ओलीले कोरोना बिरुद्धको लडाईंमा अहोरात्र खटिने स्वास्थ्यकर्मी। सुरक्षाकर्मी लगाएत सबैके खुलेर प्रसंसा गरेका छन् । आजदेखी देशैभरी पहिलो चरणको खोप अभियान सुरु भएको छ ।





