१४ माघ, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुणका अध्यक्ष जितजंग बस्नेतले माघ १६ गतेको सहिद दिवशको अवशरमा काँग्रेसका जिल्लास्तरीय भातृसंस्थाहरुसंग समन्वय गरी माघ १९ गते पार्टीले दिएको निर्देशनअनुसार काम गर्न अनुरोध गरेको छ ।
अध्यक्ष बस्नेतको विज्ञप्तीः प्रस्तुत विषयमा यहि माघ १६ गते शहिद दिवस भएकोले शहिदहरुको सम्मानमा कोभिड–१९ सम्बन्धि जनचेतना अभिवृद्धि हुने विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरु गरी मनाउन र नेपाल कम्युनिष्ट पार्टीका के.पी. ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली काँग्रेस पार्टीको केन्द्रिय समितिको निर्देशन अनुसार २०७७ साल माघ १९ गते सोमबार सबै भातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभा आयोजना गर्ने निर्णय भए बमोजिम नेपाल तरुण दल त्यस जिल्ला समितिले नेपाली काँग्रेस जिल्ला समिति संग समन्वय गरी जिल्ला पार्टी कार्यालयमै सबै जिल्लास्तरीय भातृ संस्थाहरुको तुरुन्त बैठक राखी माघ १९ गते गरिने विरोध कार्यक्रम तय गरी संयुक्त रुपमा विरोध कार्यक्रम गर्न यो परिपत्र गरिएको छ ।





