राजनीति

ओली र प्रचण्डको तुलना गर्दै सुर्य थापा यसरी भए आक्रोशित

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको तस्वीरलाई जोडेर व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ओलीले पशुपतिमा पुजा गर्दै गरेको र दाहालले भैंसि पुजा गरेको दुई तस्वीरलाई जोडेर बिवादास्पद टिप्पणी समेत गरेका छन् । उनले फुबुकमा दुई फोटोलाई लिएर व्यंग्य गर्दै बुझ्ने आआफ्नै स्तर हुन्छ, फरकचाहिं यत्ति हो भन्दै टिप्पणी गरेका छन् ।

क्षमा पुजाका लागी प्रधानमन्त्री केपी शर्मा ओली पशुपति पुगेको तस्वीरका विषयमा छुट्टा-छुट्टै टिप्पणी भईरहेका बेला थापाले दुई तस्वीर जोडेर यस्तो टिप्पणी गरेका हुन् ।

थापाले पहिलो तस्वीरमा प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक ओलीेले माघ १२ गते बिहान पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गएको देखिने उल्लेख गरेका छन् । यस्तै सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गरेको बताएका छन् ।

पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको र दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उनको यस कार्यको सर्वत्र प्रशंसा भएको सुर्य थापाले उल्लेख गरेका छन् ।

यस्तै दोस्रो तस्वीरमा पुष्पकमल दाहालले आफ्नो शक्ति बृद्धिकालागि सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो भन्दै भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिंदैन भनेका छन् । दुई फोटोलाई तुलना गर्दै थापाले बुझ्ने आआफ्नै स्तर हुन्छ । फरकचाहिं यत्ति हो भन्ने टिप्पणी गरेका छन् । उनले ओली र दाहालबीच तुलना गरेका छन् ।