राजनीति

नेपाल–दहाल–खनाल माईतिघर धर्नामा, एकअर्काको बिरोध यथावत

१८ माघ, काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपाल, पुष्पकमल दहाल, बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत प्रतिनिधि सभा बिघटन बिरुद्धको माईतिघर धर्नामा सहभागी भएका छन् । माघ १४ गतेदेखी भएको धर्नामा आज अध्यक्षद्वय नेपाल र दहाल सहभागी भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद बिघटन असंबैधानिक भन्दै आन्दोलनरत नेकपाका अध्यक्षद्वयले दोस्रो चरणको आन्दोलनको संज्ञा स्वरुप धर्ना कार्यक्रम राखेका हुन् ।
नेकपाका बिघिटित प्रतिनिधि सभाका संसदहरु, प्रदेश सभाका सांसदहरुलगायत नेता कार्यकर्ताहरुको आजको धर्ना कार्यक्रममा सहभागीता रहेको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली र आन्दोलनरत अध्यक्ष नेपाल, दहालको पक्षले आफूहरुको दल आधिकारिक भने पनि कुन आधिकारिक हो भन्ने निर्बाचन आयोगले छुट्टयाएको छैन । दुवै पक्षले अर्को पक्षको सार्बजनिक रुपमा नै तीब्र बिरोध गरिरहेको अवस्थामा कतिपय इमान्दार कम्य्निष्ट नेता कार्यकर्ता भने अन्यौलमा देखिएका छन् ।