राजनीति

भ्रष्टाचारी देशहरूको सूचीको पुछारमा पुर्याउने को रहेछ…संयोजक मिश्र

१८ माघ, काठमाडौं । विबेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाललाई भ्रष्टाचारी देशहरूको सूचीको पुछारमा पुर्याउने को रहेछ भनेर सोच्दा, मानसपटलमा गजबको चित्र आयो ..बढो ठूलो, सफा‍ र इज्जतिलो चित्र ! भनेर आश्चार्य मानेका छन् । उनले भनेका छन्, ‘देशका ६५ प्रतिशत जनता किसानी र अरू धेरै मजदुरी गर्छन्। दशौँ लाख विदेशमा छन्। अरू दशौँ लाख देश दोहन नै हुने गरि भ्रष्टाचार गर्न सक्ने अवस्थामा छैनन्।’
उनको ट्वीटः देशका ६५ प्रतिशत जनता किसानी र अरू धेरै मजदुरी गर्छन्। दशौँ लाख विदेशमा छन्। अरू दशौँ लाख देश दोहन नै हुने गरि भ्रष्टाचार गर्न सक्ने अवस्थामा छैनन्। नेपाललाई भ्रष्टाचारी देशहरूको सूचीको पुछारमा पुर्याउने को रहेछ भनेर सोच्दा, मानसपटलमा गजबको चित्र आयो ..बढो ठूलो, सफा‍ र इज्जतिलो चित्र !