१९ माघ, काठमाडौं । पमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज रातो प्रतिगमन विरुद्धको प्रदर्शन भएको बताएका छन् ।
संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानीक कदमबिरुद्ध आज नेपाली कांग्रेसका भातृ संस्थाहरूले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने बिषयमा केन्द्रित भएर उनले यस्तो ट्वीट गरेका हुन् ।
शर्माले पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई कालो प्रतिगमन र ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई रातो प्रतिगमन भएको बताएका छन् ।
साथै शर्माले आज नेपाली कांग्रेसका १३ भातृ संस्थाको नेतृत्वमा हुने ७७ जिल्लाको प्रदर्शनमा सहभागी हुन पनि उनले आग्रह गरेका छन् ।
उनको ट्वीटः त्यो माघ १९ / । यो माघ १९ । त्यो कालो प्रतिगमन भएको दिन,यो रातो प्रतिगमन विरुद्धको प्रदर्शन । रंग प्रतिगमनको जुन भएपनी ढंग उहि । अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उहि ।
आज नेपाली कांग्रेसका १३ भातृ संस्थाको नेतृत्वमा हुने ७७ जिल्लाको प्रदर्शनमा सहभागी बनौं ।िजय नेपाल !






