१९ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १३ भातृसंस्थाको प्रदर्शन आज हुँदै छ । संसद बिघटन गर्ने ओली सरकारकार बिरुद्ध १३ भातृ संगठन आज ७७ जिल्लाबाट सडकमा उत्रन लागेका हुन् ।
कांग्रेसले गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनका बिरुद्धमा आन्दोलन गर्दै आएको छ । ओलीको असंबैधानीक कदमका बिरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले यस पटक भातृ संस्थालाई आन्दोलनको अगुवाई गर्न दिएको हो ।
कांग्रेसको भातृसंस्था नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाजको अगुवाईमा देशका विभिन्न ठाउँमा काँग्रेसले विरोध सभा आयोजना गरेको छ ।
यस्तै कांग्रेसले ओली सरकारको भ्रष्टाचार, कोरोना भाईरसको नियन्त्रणका लागी भएको कमजोर प्रयासका बिरोधमा पनि बिरोध गर्ने छ । साथै कांग्रेसको १३ भातृ संस्थाले बिज्ञप्ति जारी गर्दै आजको आन्दोलनमा सहभागी हुन सबैमा अपिल समेत गरेका थिए ।






