१९ माघ, इटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नरहेको बताएका छन् । सुनसरीको इटहरीमा आज प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका विभिन्न भ्रातृ सङ्गठनले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले कांग्रेस एक ढिक्का भएर अगाडि बढे वडादेखि केन्द्रसम्म विजय निश्चित भएको जिकिर गरे ।
कांग्रेस चुनावमा जान तयार रहे पनि अहिलेको अवस्थामा पुनःस्थापना नै अन्तिम विकल्प भएको जिकिर गरे। सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कांग्रेस अहिले संसद् पुनःस्थापनाकै माग गरेर अगाडि बढ्नाको विकल्प नरहेको बताए । नेपाली काङ्ग्रेस सुनसरी जिल्ला भातृसंघहरुको माघ १९ गते इटहरीमा ब्यापक बिरोध सभा भएको छ। उक्त सभाको सभापतित्व नेपाल तरुण दल सभापति सिजन गुरुङले गरेका थिए भने प्रमुख आतिथ्यमा प्रभावशालि नेता डाक्टर शेखर कोइराला रहेका थिए ।
कार्यक्रममा बोल्दै सभापति सिजन गुरुङले ओलिको कर्तुत र बर्तमान राजनैतिक परिस्थितिको घोर बिरोध गरेका थिए। सुनसरी जिल्ला सभापति तथा नेका प्रदेश संसंंदीयय दलका नेता राजिब कोइरालाले बर्तमान सरकारको रबैया र सम्बैधानिक ‘कु’ बिरुद्ध खेलेर बिरोध गरेका थिए।
यसै क्रममा दुहबि नगरपालिका प्रमुख बेद गच्छदारले बर्तमान ओलि सरकारले देशमा दिएको शान्ति सुरक्षा र अमन चयनको बारेको नारा अनुरुप केहि नगरेको साथै यहि रफ्तारमा ओलि बढे ओलीलाइर् नाग्गै सडकमा उतार्ने चेरावनी दिए । ओलीले हिन्दु धर्म को कार्ड फालेर राजदबार नारयणहिटी अगाडि गरे सम्बोधनले राजसंस्था र हिन्दु राज्यको एजेन्डा अगाडि सार्दै जनताको मनोभाव माथि खेलवाड्गर्दै अर्को सडयन्त्र गर्न लागेको बताए। जसरी ओलीले ६२/६३ को आन्दिलन ताका बयल गाढा चढेर अमेरिका जाने संकेत गरेका थिए सिहि अनुरुम अहिले लोकतान्तृक सम्बिधानको अबहेलना गर्दै तानाशि तर्फ उन्मुख भएको बताए। गच्छदारले शक्तिशाली भाषण गर्दा उपस्थित समुदायले जोडदार तालिले समर्थन गरेका थिए। गच्छदारले भने ओली मुखले एक र ब्यावहारले अर्कै गर्ने सडयन्त्रकारि रहेको र आगामी बैशाकमा चुनाव गर्न नखोजेको बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आदरणीय शेखर कोइरालाले ओली जाल साझिमा माहिर भएको र लोकतन्त्रको भक्षक भएको बताए। काङ्ग्रेस चुनावमा जान तयार भएको यदी चुनाव माजाने हो भने सुनसरी को हरेक वडादेखि केन्द्र सम्म दुइ तिहाइ भन्दा बढी मत ल्याउने उनले दाबी गरे । डा शेखर कोइरालाले केपी ओलि तानासाहि उन्मुख भएको र संबिधान र लोकतब्त्रको भाइरस भएको बताए। उपस्तिथि बृहत जनसभामा डा. कोइरालाले लोकतन्त्र र संबिधानको रक्षाको लागि काङ्ग्रेस किन्चित पछि नहट्ने बताए ।







