राजनीति

बिश्वप्रकाशको कडा प्रश्नः चुनाव घोषणापछि फेरि सुकुम्बासी सम्झनु भो ?

२० माघ, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले अर्थमन्त्री बिष्णु पौडेललाई ब्यंग्य गर्दै निर्बाचनका बेला सुकुम्बासीक कुरा गरेर निर्बाचन गरेको भएपनि मन्त्री भएपछि सुकुम्बासी बिर्सिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै अर्थमन्त्री पौडेलले सुकुम्बासीको बिषयमा पछिल्लो समय बोलेका कुरालाई कोट्याउँदै निर्बाचन घोषणा भएका कारण पुनः सुकुम्बासी सम्झिएको बताएका छन् । नेपाली काँग्रेसको केन्द्रीय सदस्य तथा सूचना तथा सञ्चार बिभाग प्रमुखसमेत रहेका नेता शर्माले चुनाव जित्नु भो, सुकुम्बासी बिर्षिनु भो ! चुनाव घोषणापछि फेरि सुकुम्बासी सम्झनु भो ! हिजोको नारा र आजको पारा सुकुम्बासीका लागि थियो र हो, कि सत्ताका लागि ? भन्दै प्रश्न गरेका छन् ।
नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्बाचनमा गर्ने भनिएको खर्चले हजारौं सुकुम्बासीको लागि माटो खरीद गर्न सकिने सुझाव दिएका छन्। उनले यो हिसाब यहाँलाई कसले बुझाउने ? भन्दै गम्भीर प्रश्नसमेत गरेका छन्।