राजनीति

रामकुरमारीको टिप्पणीः प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानलाई कागजको खोष्टो बनाए

२१ माघ, काठमाडौं । नेपाल कमयुनिष्ट पार्टी (नेकपा)की केन्द्रिय सदस्य तथा दाहाल-नेपाल समुहकी नेतृ रामकुरारी झाँक्रि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेबी भण्डारीतर्फ खनिएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेतृ झाँक्रीले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीतर्फ संकेत गर्दै दुई मिलेर संविधानलाई कागजको खोष्टो बनाए भनी टिप्पणी गरेकी छिन् ।

केहिदिनअधि राष्ट्रपति भण्डारीलाई महारानीको संज्ञा दिएपछि बिबादमा तानिएकी नेतृ झाँक्रीले आज फेरीः दुनियाँ यहि समयको पर्खाईमा थियोः मैले नै बास्तविकता भनिदिउँ..भने, जिम्मेवारीसाथ भनेको छु । पुष्टि गर्न नै के पो बाँकी रह्यो र अब ? भन्दै आक्रोसित भएकी छिन् । ।

आज बिहान कानुनी र राजनीतिक बिबादका बिच भएको संबैधानीक निकायका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रमलाई लिएर उनले यस्तो कटाक्ष गरेकी हुन् ।

उनले सम्पुर्ण जनताको संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो भन्दै प्रश्न समेत गरेकी छिन् । उनले ओलीले असंबैधानिक बन्दै सिफारीस गर्ने र राष्ट्रपति भण्डारीले त्यो सिफरीसलाई निर्णय गर्दै गएका कारण आजको दिन आएको बताईन ।

उनको स्टाटसः दुनियाँ यहि समयको पर्खाईमा थियोस् मैले नै बास्तविकता भनिदिउँ.. भने, जिम्मेवारीसाथ भनेको छु । पुष्टि गर्न नै के पो बाँकी रह्यो र अब ? दुईजना मिलेर संबिधानलाई कागजको खोष्टो बनाए।हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र ?