सामाजिक सञ्जाल

धनराज गुरुगं भन्छन्ः कहीँ नभएको जात्रा बयलगाडे तन्त्रमा देख्न पाइन्छ

२१ माघ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले अलोकतान्त्रिक, भ्रष्टाचारी, निरङ्कुश, सर्वसत्तावादी सरकारले जनतालाई सुशासन प्रदान गर्नुको सट्टा सडकमा प्रदर्शन गरेर तमासा देखाइरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उक्त आरोप लगाएका हुन् । आज नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले काठमाडौंमा निकालेको मोटरसाईकल र्यालीको तस्वीरसहित उनले सरकारलाई कडा आरोप लगाएका हुन् । उनले भनेका छन्, कहीँ नभएको जात्रा बयलगाडे तन्त्रमा देख्न पाइन्छ ।
उनको ट्वीटः अलोकतान्त्रिक, भ्रष्टाचारी, निरङ्कुश, सर्वसत्तावादी सरकारले जनतालाई सुशासन प्रदान गर्नुको सट्टा सडकमा प्रदर्शन गरेर तमासा देखाइरहेको छ। कहीँ नभएको जात्रा बयलगाडे तन्त्रमा देख्न पाइन्छ।