सामाजिक सञ्जाल

जयबहादुर चन्दलाई अख्तियारको आयुक्तबाट फिर्ता बोलाउन सभापति देउवासँग धनराजको माग

२१ माघ, काठमाडौं । नेपाली कँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुङले काँग्रेसका तर्फबाट अख्तियानर दुरुपयोग अनुसंधान आयोगमा नियुक्त भएका आयुक्तलाई फिर्ता बोलाउन आग्रह गरेका छन् । । पुर्वसाँसदसमेत रहेका नेता गुरुङले ट्वीट गर्दै संबैधानिक परिषद सम्बन्धि अध्यादेश, आयोगहरुमा नियुक्ति र आजको सपथ सम्बन्धि कांग्रेसको विमति रहिआएको काँग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले बताईसकेकाले उक्त सिफारिस ब्यक्तीलाई फिर्ता बोलाउन माग गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट पुर्व एआईजी जयबहादुर चन्द आयुक्त भएक छन् भने उनले आजै प्रमुख आयुक्त प्रेम राईसँगै सपथसमेत लिएका छन् । नेता गुरुङले नाम किटान नगरेपनि सभापति देउवा निकट चन्दलाई प्रमुख प्रतिपक्षी दलका तर्फबाट सिफारिस गरिएको थियो।
गुरुङको ट्वीटः आदरणीय सभापति @deubasherbdr ज्यु! संबैधानिक परिषद सम्बन्धि अध्यादेश, आयोगहरुमा नियुक्ति र आजको सपथ सम्बन्धि कांग्रेसको विमति रहिआएको र यस सम्बन्धि प्रवक्ता @bishwaprakash77 ज्युले ट्विट मार्फत प्रस्ट पारिसक्नु भएकोले आयोगहरुमा नियुक्ति भएका कांग्रेसका साथीहरूलाई फिर्ता वोलाइयोस्।