राजनीति

असंवैधानिक नियुक्तिलाई सदर गर्ने आजको प्रयत्न प्रतिगमनकै श्रृङखला: गगन थापा

२१ माघ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन थापाले संवैधानिक परिषदले गरेको असंवैधानिक नियुक्तिलाई सदर गर्ने आजको प्रयत्न प्रतिगमनकै श्रृङखला भएको बताएका छन् । संविधानको मर्म विपरित राज्यका संस्थालाई ध्वस्त बनाउँदै संविधानलाई नै कुल्चने यस कार्यमा संलग्न हुने र साक्षी बस्नेहरूले जनताको कठघरामा उत्तर दिनुपर्ने नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत बताएका छन् । अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख आयुक्तलगायतले आजै सपथ लिएर कार्यभार सम्हालेको अवस्थामा बिभिन्न टिकाटिप्पणी भएका बेला उनले उक्त कुरा बताएका छन् ।
नेता थापाको ट्वीटः संवैधानिक परिषदले गरेको असंवैधानिक नियुक्तिलाई सदर गर्ने आजको प्रयत्न प्रतिगमनकै श्रृङखला हो। संविधानको मर्म विपरित राज्यका संस्थालाई ध्वस्त बनाउँदै संविधानलाई नै कुल्चने यस कार्यमा संलग्न हुने र साक्षी बस्नेहरूले जनताको कठघरामा उत्तर दिनुपर्नेछ।