राजनीति

बदनियतपुर्ण तरिकाले गरिएका संबैधानिक नियुक्ति तत्काल खारेज गर्नुपर्छः डा.कोईराला

२२ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोईरालाले असंवैधानिक र बदनियतपुर्ण तरिकाले गरिएका नियुक्ति तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता डा. कोईरालाले सामाजिक सञ्जाल ट्वीट माफर्त उक्त कुरामा जोड दिएका हुन् । ओली सरकाले असंवैधानिक रूपमा संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति प्रति चौतर्फि बिरोध भईरहेका बेला डा.कोईरालाले सरकारले उक्त कार्य तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

असंवैधानिक र बदनियतपूर्ण तरिकाले गरिएका संवैधानिक नियुक्तिहरु काँग्रेसलाई कदापि स्विकार्य नहुने भन्दै डा.कोईरालाले सबै नियुक्ति तत्काल खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनको ट्वीटः असंवैधानिक र बदनियतपूर्ण तरिकाले गरिएका संवैधानिक नियुक्तिहरु काँग्रेसलाई कदापि स्विकार्य हुनेछैन् । सबै नियुक्ति तत्काल खारेज गरिनुपर्छ ।