राजनीति

प्रतिपक्षी दलहरुलाई चुपलागेर बसे ओली-बिद्याभन्दा बढी दोषी ईतिहासले ठहर्याउनेछः डा.भट्टराई

२२ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिपक्षी दलहरुलाई चुप लागेर बसे ओली-बिद्याभन्दा बढी दोषी ईतिहासले ठहर्याउने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेबी भण्डारीले संविधान र लोकतन्त्रको हत्या गरिरहँदा प्रतिपक्षी दलहरु चुनाव र सत्ताको र्याल काडेर चुपलागेर बसिरहे भोलि इतिहासले ओली र बिद्याभन्दा पनि उनिहरुलाई दोषी ठहर्याउने धारणा व्यक्त गरेका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले सामाजिक सञ्जाल ट्वीट माफर्त ओली र बिद्याको बिभिन्न असंबैधानीक कदमका बिरुद्ध सशक्त भई आन्दोलनमा उत्रन सबैमा अपिल समेत गरेका छन् ।

फासिवादको बादल मडारिइरहेको वेला प्रतिरोध नगरी उपदेश छाटेर बस्नेहरूको हिसाब पनि इतिहासले राख्ने उनको धारणा छ । सरकारले संबैधानिक आयोगमा गरेको बिभिन्न नियुक्तिको बिषयलाई लिएर विभिन्न माध्यमबाट चर्काे बिरोध भइरहेकोबेला सरकारको उक्त कार्यका बिरुद्ध उत्रन समेत उनले सम्पुर्ण प्रतिपक्षी दलहरुलाई आग्रह गरेका छन् ।

उनको ट्वीटः ओली–विद्या संविधान र लोकतन्त्रको हत्या गरिरहने तर प्रतिपक्षी दलहरू चुनाव र सत्ताको र्याल काडेर बसिरहने हो भने भोलि इतिहासले ओली–विद्यालाई कम प्रतिपक्षी दलहरूलाई बढी दोषी ठहर्याउनेछ ! फासिवादको बादल मडारिइरहेको वेला प्रतिरोध नगरी उपदेश छाटेर बस्नेहरूको हिसाब पनि इतिहासले राख्नेछ !