राजनीति

माझण्डको आम हड्ताल गर्ने सुन्दा हाँसो थाम्न गार्‍हो पर्योः सुर्य थापा

२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले दाहाल-नेपालको आम हड्ताललाई लिएर कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त थापाले माझण्डको आम हड्ताल गर्ने सुन्दा हाँसो थाम्न गार्‍हो पर्यो भन्दै कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर बिबाद चुलिएकै बेला फेरी एकतर्फि रुपमा संबैधानिक आयोगमा नियुक्ति गरेपछि दाहाल-नेपाल समुहले आज देशव्यापी आम हड्तालको आयोजना गरेको छ ।

उनले उक्त समुहको आम हड्तालललाई पद नपाएको कुण्ठा भन्दै टिप्पणी गरेका हुन् । सुर्य थापाले माधव-झलनाथ र दाहाल गुटले संबैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसो थाम्न नसको भन्दै टिप्पणी गरेका हुन् ।

उनको स्टाटसः माझण्ड (माधव-झलनाथ-प्रचण्ड) गुटले संबैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसो थाम्न गा-हो प-यो ! न बा-हड्लाल,न आमा-हड्ताल, पद नपाएको कुण्ठा ।