राजनीति

नेपालको कटाक्षः ओली निरंकुश शासक हुन्,उनमा थाेरैपनि लोकतान्त्रीक चरित्र छैन

२२ माघ, काठमाडौं । नेकपाका दाहाल-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीप्रति खनिएका छन् ।

उक्त समुहले आज आयोजना गरेको आमहड्ताल सफल पार्न सडकमा उत्रिएका नेता नेपालले प्रधानमन्त्री ओली निरंकुश शासक रहेको र उनमा अलिकतिपनि लोकतान्त्रीक चरित्र नभएको टिप्पणी गरेका छन् ।

साथै नेता नेपालले ओली कहिलै पनि सुध्रने लक्षण भएका व्यक्ति भएको समेत बताएका छन् । नेता नेपालले संबैधानिक नियुक्तिको प्रकृया नै गलत भएको बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीमा अधिवादी चरित्रकाे भएको आरोप लगाउँदै नसच्चिने लक्षण देखेको टिप्पणी गरेका छन् । नेता नेपालले ओलीमा संविधान, संघियता र गणतन्त्रप्रति अपनत्व नभएको धारणा व्यक्त गरेका छन् ।